डडेल्धुरामा प्रदेशस्तरीय महिला क्रिकेटको छनोट प्रतियोगिता सुरु

डडेल्धुरा– डडेल्धुरामा ४ जिल्लाको प्रदेशस्तरीय महिला क्रिकेटको छनोट प्रतियोगीता आजबाट सुरु भएको छ । बिहीवार अमरगढी नगरपालिका-३ मा रहेको रामलिला मैदानमा सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्काले खेलको उदघाटन गरेकी हुन् ।

Dadeldhura hospital

प्रदेशका ४ जिल्लाको प्रदेशस्तरीय महिला क्रिकेटको छनोट प्रतियोगीता सञ्चालन हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीले जानकारी दिए । जोशीका अनुसार उक्त प्रतियोगीतामा डडेल्धुरासंगै दार्चुला, अछाम र डोटीका महिला टिमको सहभागिता रहेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रदेशका कैलाली, कञ्चनपुर, बैतडी, अछाम र बाजुराको खेल कैलालीस्थित तेघरी सैनिक बिद्यालयमा सञ्चालन भइरहेको जोशीले बताए । खेलाडीहरुको क्षमताका आधारमा वर्गीकरण गरि छनोट गर्न लागिएको प्रदेश क्रिकेट संघले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघको आयोजनामा सञ्चालन हुने प्रधानमन्त्री कप महिला टी -२० राष्ट्रीय प्रतियोगीतामा सहभागिताका लागि छनोट प्रतियोगीता आयोजना गरिन लागेको हो ।

Loading...