सुदूरपश्चिम महोत्सवको तयारी पूरा, महोत्सव भोलि देखि सुरु

महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने

धनगढी- कैलाली उद्योग वाणिज्य संघले धनगढीमा भोलि (शुक्रबार) देखि सुरु हुने सुदूरपश्चिम महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघले मंसिर २२ देखि पुस २ गते सम्म चल्ने महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो ।

Ganyapdhura gau

१७ औं संस्करण सुदूरपश्चिम महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले बताए । धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा शुक्रवार मध्याह्न १२ः३० मा महोत्सव उद्घाटन हुने आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

Navadurga sun

यो वर्ष महोत्सवमा ३ करोड लगानी भएको र १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा करिब ६ लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने अनुमान उद्योग वाणिज्य संघले गरेको छ ।

Dadhaldhura pur

महोत्सवमा सुदूरपश्चिमका परिकार सहितका स्थलमा खानाको स्टल रहने, चौधरी र राना समुदायको संस्कृति जगेर्नाका लागि सङ्ग्रहालय सहितको अलग थारू गाउँ निर्माण गरिएको छ ।

महोत्सव अवलोकनको लागि यो वर्ष विद्यार्थीलाई ५० रुपैयाँ र सर्वसाधारणलाई १ सय रुपैयाँ टिकट लाग्ने छ भने फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क जान दिने व्यवस्था मिलाइएको छ ।

महोत्सवको उद्घाटन गर्नु भन्दा अगाडी शुक्रवार बिहान ८ बजे सहिद गेटबाट प्रभातफेरी कार्यक्रम हुने पत्रकार सम्मेलनमा बताइएको छ । महोत्सव उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई १० बुँदे माग सहित १० किलोको माला लगाइने आयोजकले जनाएको छ ।

संघले २१ बुँदे माग सहित सुरु गरेको महोत्सवमा हाल सम्म झण्डै ११ माग पूरा भएको तथा पूरा हुने क्रममा रहेकाले १० बुँदे माग सहित १० किलोको माला लगाइने कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम बहादुर विष्टले बताए । उनले भने, ‘हामीले सुरुमा २१ बुँदे माग राखेका थियौँ, अहिले ५ वटा माग सम्पन्न भएका छन्, ६ वटा माग आंशिक रुपमा सम्पन्न भएका छन्, १० वटा माग पूरा हुन बाँकी छन्, त्यसैले यस पटक १० बुँदे माग सहित १० किलोको माला लगाउने तयारीमा छौं ।’

महोत्सवको सुरुवात देखि नै प्रमुख अतिथिलाई माग बराबरको माला लगाउँदै आएको छ । महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु ५०, सर्वसाधारणलाई रु. १ सय टिकटदर र फरक क्षमता भएकालाई निःशुल्क गरिएको जनाइएको छ । २०६३ सालदेखि कैलाली उद्योग वाणिज्य संघले महोत्सव सञ्चालन गर्दै हुँदै आएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...