दार्चुलामा अवैध सुर्तीजन्य पदार्थ नष्ट

Dadeldhura hospital

दार्चुला- दार्चुलामा अवैध अखाद्य बस्तु तथा सुर्तीजन्य पदार्थ नष्ट गरिएको छ। जिल्ला भन्सार कार्यालय दार्चुलाले विभिन्न मितिमा बरामद गरिएका खान अयोग्य मिठाइ (पेठा) र सुर्ती बिडीजन्य वस्तु बुधवार नष्ट गरेको जनाएको छ। कार्यालय प्रमुख शिवचन्द्र प्रसादले सरोकारवाला पक्षको रोहवरमा ती अखाद्य बस्तु तथा सुर्तीजन्य पदार्थ नष्ट गरिएको जानकारी दिए।

Ganyapdhura gau

भारतीय घोडा बिडी सात सय १२ बण्डल, हाई क्लास ४० प्याकेट, पात भएको सुर्ती १६ किलोग्राम,पान छाप २ प्याकेट, पान मसला पाँच प्याकेट, आन्टी ६० प्याकेट, ४२ पेटी पेठा लगायत गरेर दुई लाख ३३ हजार बराबरको अखाद्य तथा सुर्तीजन्य पदार्थ नष्ट गरिएको उनले बताए। भारतबाट दार्चुलामा भन्सार छली ठुलो परिमाणमा बिडी तथा सुर्तीजन्य पदार्थ भित्रिने गरेको छ।

 

 

Couple
Loading...