दार्चुलाबाट बैतडी सर्‍याे महाकाली नदी नियन्त्रण आयोजना कार्यालय

RBB Bank Suvakamana
Purbadhar dadeldhura

दार्चुला – दार्चुलामा रहेको महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय बैतडी सरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको आयोजनाको नाम परिवर्तन गरी नदी नियन्त्रण आयोजनाको कार्यालय बैतडीको पाटन सरेको हो ।

कार्यालय पाटन सरेपछि सोमवार आयोजना प्रमुखसहित कर्मचारी बैतडी गएका छन् । मङ्गलवारदेखि पाटनमा कार्यालय सञ्चालनको तयारी गरिएको छ । दार्चुलामा सम्पर्क कार्यालय रहने गरी कार्यालयकी खरिदार गीता जोशीलाई सम्पर्क व्यक्ति तोकिएको छ । सम्पर्क कार्यालयमा इन्जिनियर र सब–इन्जिनियर आउने भएका छन् ।

Malpot office dadeldhura

सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाका नामले बैतडीको पाटनमा कार्यालय खुलेको इन्जिनियर विनोदबहादुर चन्दले जानकारी दिए । कार्यालयको क्षेत्राधिकार सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा हुने उनले बताए ।

गएको वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकले दार्चुला सदरमुकाम खलङ्गामा रहेको महाकाली नदी नियन्त्रण आयोजनालाई बैतडीको पाटनमा सार्ने निर्णय गरेको थियो । २०७० सालमा महाकाली नदीमा बाढी आउँदा महाकाली नदी नियन्त्रणका लागि महाकाली नदी नियन्त्रण आयोजना कार्यालय दार्चुलामा स्थापना गरिएको थियो ।

सरकारले आर्थिक वर्ष २०७१०७२ देखि महाकाली नदी तटीय क्षेत्र नियन्त्रणका लागि यो कार्यालय स्थापना गरेको थियो । दुई अर्ब ६७ करोड रुपैयाँ बजेटमा शुरु भएको आयोजनाले दुई अर्ब ६२ करोड रुपैयाँ बराबरको १७ वटा प्याकेजको काम गरेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

गएको वर्ष लास्कु खोलामा आएको बाढीले झन्डै एक किलोमिटर तटबन्धमा क्षति पुर्‍याएको थियो । काम बाँकी छँदै कार्यालय सार्ने निर्णयप्रति दार्चुलेलीले सरकारको विरोध गरेका छन् । दार्चुलबाट निर्वाचित जनप्रतिनिधिले प्रधानमन्त्री र मन्त्रीलाई भेटेर कार्यालय जिल्लाबाट नसार्न आग्रह गरेको भए पनि ऊर्जा मन्त्रालयले कार्यालय सारेको हो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...