धनगढीमा प्रदेश युवा परिषद् एसईई आइडलका २ अडिसन सम्पन्न

धनगढी– प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.ले हरेक बर्ष आयोजना गर्ने नृत्य र गायन विधाको सुप प्रदेश स्तरीय कार्यक्रम एसईई आईडलको तेस्रो संस्कारणका अडिसनहरु सुपका तराइका २ जिल्लामा धमाधम आयोजना हुँदैछन् ।

यसै क्रममा मंगलबार धनगढीका २ बिद्यालयमा अडिसनहरु सम्पन्न भएका छन् ।मंगलबार धनगढीको मनेहरामा रहेको डिलाइट ई.बो. स्कुल र पुनरबासको जनकल्याण माध्यमिक विद्यालयमा तेस्रो र भन्सारमा रहेको नवदुर्गा माध्यमिक विद्यालयमा अडिसनहरु सम्पन्न भएका छन् । विद्यार्थीहरुको फरक क्षमता अभिवृद्धिका लागि अडिसन आयोजना गरिएको कुरा डिलाइट ई.बो. स्कुलमा प्रधानाध्यापक शंकर खनालले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

यसैगरी अर्को अडिसन आयोजक नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक राम कुमार चौधरीले पढाइमा बाधा नपुग्ने गरि यस्ता प्रकारका कार्यक्रम निरन्तर रुपले आयोजना हुनुपर्ने कुरामा जोड दिए । एसईई आइडल ३ का सुपका ९ जिल्लाका ३० बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछ । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् ।

यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् । असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०/३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५/१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । फाईनलबाट दुवै विधामा १/१ जना विजेता र १/१ जना उपविजेता बन्नेछन् ।

दुवै विधाका विजेता र उप विजेताले क्रमशः रु ५०/५० हजार र रु २५/२५ हजार सहित कक्षा ११ र १२ मा पूणर् छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११/१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।

थप अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ । मुख्य प्रबर्द्धकका रुपमा प्रदेश युवा परिषद्, सुप रहेको एसईई आइडल ३ मा रेडिकल यस कार्यक्रममा रेडिकल एकेडेमी लगायतका विभिन्न संघसंस्थाको पनि विशेष सहयोग रहेको छ ।

Loading...