सिस्टर्स ब्युटीपार्लर एण्ड कस्मेटिक्स सेन्टर संचालनामा

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका वडा न. १ अत्तरिया बजारको बरपिपल गल्लीमा सिस्टर्स ब्युटीपार्लर एण्ड कस्मेटिक्स सेन्टर संचालनामा आएको छ । ब्युटीपार्लर एण्ड कस्मेटिक्स सेन्टरलाई गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टद्वारा रिबन काटी उद्घान गरेका हुन ।

Bhancha ghar0

गोदावरी-३ मालाखेतीकी पुष्पा भण्डारीले ८ लाख लागतमा सो पार्लर सञ्चालनमा ल्याएकी हुन् । सिस्टर्स ब्युटीपार्लर एण्ड कस्मेटिक्स सेन्टरआधुनिक प्रविधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो ।

विगत केही वर्ष देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभवलाई आफ्नै ठाउँमा केही गरौँ भन्ने उद्देश्य साथ संचालन गरिएको पुष्पा भण्डारीले बताएकी छन् ।

सो ब्युटीपार्लरमा अनुभवी सौन्दर्यकर्मी मार्फत ग्राहकहरुलाई सेवा सुबिधा प्रदान गरिने र महिलाहरुलाई चाहिने सौन्दर्य सामग्री समेत बिक्री वितरण हुने कुरा सौन्दर्यकर्मीपुष्पा भण्डारीले बताइन् ।

Loading...