

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरको एक घरबाट सुनका गरगहना ८ तोला, दुई लाख नगद, दुई तोला चाँदीका गहना चोरी भएको छ । पूजाका लागि पहाड घर डोटी गएका बेला स्थानीय कर्ण बानियाको घरमा चोरी भएको प्रहरीले जनाएको छ ।



“सपरिवार बुधवार पूजाका लागि उहाँहरू डोटी गएका थियौँ, फर्केर धनगढी घरमा पुग्दा चोरी भएको थाहा भयो” बानियाले जानकारी दिए ।
चोरले घरको मुख्य ढोका तोडी पूजा कोठाबाट नगद, दराज फोडेर नगद र गरगहना चोरेर लगेको घरधनी बानियाले बताए ।


चोरीको घटना थाहा भएपछि प्रहरी टोली गएर सामानको मुचुल्का बनाइ चोरीमा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए ।

