मुनामदन भन्दा अलि फरक छ आज भोलिको माया (मेरो कथा) भाग :१

केटिहरु जसरी भएपनी पढ्नुहोला मनछुने छ् !

Ganyapdhura gau

यस कथामा दुई पात्र छन् । जसको नाम मैले परिकाल्पनाको अनुसार राखेको छु। केटा नाम विवेक र केटीको नाम माया राखेको छु । कथा यसरी सुरू हुन्छ । केहि समय अगाडी कुरा हो ।विवेक कक्षा १२ मा अध्ययन गरिरहेको हुन्छ । आफू संगैका साथिभाइहरु सामाजिक सञ्जाल फेसबुकमा झुमिरहेको देख्दा उसलाई पनि सामाजिक सञ्जाल प्रति इच्छा जाग्छ। तर, विवेक गाउँबाट अध्ययन गर्छु भनि सहर आएको हुन्छ । उ संग मोबाईल फोन हुँदैन ।

Navadurga sun
Godawari sandesh

उसलाई मोवाईन नभई नहुने लागेपछि उसले आफ्नो घरमा मोबाईल किनिदिन कर गर्न थाल्छ ।  बुबा ले आफु संग भए १ कट्ठा जग्गा वेचविखन गरेर मलाई पैसा पठाउन भए केही दिन‌ पछि मैले पैसा निकालेर मोवाइल खरीद गरे त्यसपछि मोवाइल मेरो हात मा आए पछि को‌ अनुभव वेग्लै थियो। आफु ठुलो मानिस हो जस्तो, अनि समय समयमा मोवाइल प्रति बढी आकर्षित भएको जस्तो कस्तो कस्तो छुट्टै संसार गएको  जस्तो हुन थाल्यो । साथीभाई धेरै जसो फेसबुक मा रमाएको देख्दा आफुलाई पनि  चलाउने इछ्छा मन पलायो ।

मेरो एकदम मिल्ने साथी राम ले मेरो फेसबुक आईडी खोलिदिए अनि सिकाइ पनि दिए ।त्यस पछि अरू मलाई के चाहियो र मलाई म पनि नयाँ  नयाँ केटा केटी साथी बनाउन थाले अब झन रमाइलो लाग्न थाल्यो। प्रतेक दिन फोटो पोस्ट अनि केही गजल पनि लेख्न थाले धेरै मानिसहरू मेरो पोस्ट मन पराउन थाले। केही महिना पछि मलाई एक केटी साथिको मेसेज आए मैले हतार नगरी होला लेखेर पठाइ दिए उनिको नाम थियो माया । हामी बीच दिन प्रतिदिन घन्टा कुरा कानी हुन थाल्यो ।यति सम्म कि दिन पिछे भेट हुन थाल्यो अनि भेट भएन भने सामाजिक सञ्जाल फेसबुक बाट कुरा गर्दै बस्ने बानी परिसकेको थियो। बिबाह नभए पनि हामी ले एक अर्को लाई श्रिमान,श्रीमती भए महसुस हुदै गयो १महिना पछि……

केटि : यो के गरेको तिमिले ।

केटा : बिहेपछी जो श्रिमान ले गर्छ आफ्नो श्रीमती संग ।

केटि : यो राम्रो कुरा होइन अनि हाम्रो बिहे पनि त भाको छैन ।

केटा : तिमी सोच्दै छेउ म तिमी सङ्ग समय बिताउदै छु भनेर तर तिमिलाई आफ्नो श्रीमती सम्झन्छु

(तर तिमी भने) ल ठिक छ आज देखि म तिमिलाई टर्च पनि गर्दिन ल ।

केटि : म लाई माफ गर ल म तिम्रो हो म माथी तिम्रै अधिकार छ ।

केटा : धन्यवाद श्रीमती

(१ महिना पछि)

केटि : विवेक म गर्भवती भए ?

केटा : केरे

केटि : अब हामी बिबाह गर्ने पर्छ !

केटा : पागल त भएनौ तिमी?

Dadeldhura hospital

अहिले यो बिहे गर्न सक्दिन म सङ्ग जागिर पनि छैन

एक काम गर सरकारी अस्पताल गएर गर्भपात  गर ।

केटि : नाई एक आमा आफ्नो बच्चालाई मार्न सक्दिन ।

केटा: ठिक छ, अब यो डिसाइड गर कि तिमिलाई यो बच्चा चाहियो कि म ?

केटि: वहा..यहि सुन्न बाकी थियो ।

केटा: अनि के त जो केटि बिहे अगाडी नै म सङ्ग रिलेसन राख्न सक्छे, अनि के ग्यारेन्टी छ कि कसै अरुसँग राख्न सक्दैन भनेर,,अरु कसैको बच्चा पनि त हुन सक्छ !

केटि: छि…..अलिकति त सरम गर भगवान सबै हेर्दै छ ।

भगवान ले नि तिमिलाई माफ गर्ने छैनन् ।

केटा: सुन…..आज देखि तिम्रो अनुहार पनि नदेखाउ मलाई कसै अरुको बच्चालाई मेरो नाम दिदै छेउ ।

केटि: छि….. कति घटिया रैछौ तिमी (जोर जोरले रुन्छे….) ठिक छ तिमी धेरै पछुताउने छौ !केटि धेरै रुन्छे सबैतिर हल्ला फैलियो अनि उसको आमा , बुबा ले थाहाँ पाए पछि उसलाई घरबाट निकालिदिनु भयो र उ यहाँ उहाँ सहयोग माग्न भौतारिन थाली तर उसलाई कसैले पनि सहयोग गरेन ।

जिन्दगीबाट हरेस खाएर तड्पिएकि बिचरि केही सीप नलागेर गाउँको जंगलमा  गएर आत्महत्या गर्न पुगिन ।

(तर यसमा बच्चाको के दोष थियो जो दुनियाँमा आउनु भन्दा पहिले ज्यान गुमाउनु परेयो)

विवेक पश्न ? केटाहरु हो यी केटिहरु लाई आफ्नो ज्यान भन्दा नि बढी ईज्जत् प्यारो हुन्छ ?

केटिहरु सम्झिन्छन कि हामिहरु उनलाई साचो माया गर्छौ भनेर तर उनलाई के थाहाँ

कोहि केटा ,केटी हरु खाली एक छिनको रमाइलो  लागि मात्र माया गर्छन! केही उदाहरण हाम्रो गाउँ , समाजमा हामी ले पाउन सकिन्छ। यस्तो भन्दै गर्दा  सबै केटाकेटी एउटै हुन्छ भन्ने छैन।

साबधान सबै केटा सहि अनि सबै केटि गलत हुदैन्न् ! आज भोलि  कति सजिलो छ है कसैलाई माया गर्छु भन्ने त्यसै माथि सामाजिक सञ्जाल फेसबुक लगायतका विभिन्न सञ्जाल मार्फत माया पिरतीका अनेकौं मुनामदन पाउन सकिन्छ। शारीरिक सम्पर्क मात्र माया होइन । अरू पनि धेरै  हो माया ! माया लाई मजाको रूपमा होइन। सम्मान दिनुहोस् ।  सबै लाई माया गर्न अधिकार छ ।

Note: यदि मैले गलत लेखेको छु भने नादान सम्झेर माफ गरिदिनु होला,,।। लेखक : गोपाल जोशी

Couple
Loading...