कैलालीको अत्तरियामा जेसिज सप्ताह सुरु

अत्तरिया- कैलालीको अत्तरियामा जेसिज सप्ताह सुरु भएको छ । आईतबारबाट अत्तरिया जेसिज वर्ष २०२३ को आयोजनामा जेसिज सप्ताह सुरु भएको हो । आईतबार एक औपचारीक कार्यक्रमका बिच सप्ताहको सुरुवात गरिएको हो ।

अत्तरिया जेसिज वर्ष २०२३ का अध्यक्ष मान ऐरको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नं. १ का वडा अध्यक्ष गोपालदत्त भट्ट रहेका थिए । त्यस्तै विशिष्ठ अतिथिमा जिल्ला भलिबल संघ कैलालीका अध्यक्ष निरज शाह रहेका थिए ।

Navadurga sun

सप्ताहको पहिलो दिन मैत्रिपुर्ण भलिबल प्रतियोगीता आयोजना गरिएको छ । सप्ताहको दोश्रो दिन तेघरीमा रहेको बनदेवी मन्दिरमा सरसफाई कार्यक्रम आयोजना गरिने बताईएको छ ।

यस्तै तेश्रो दिन जनकल्याण सेकेन्डरी स्कुल तेघरीमा हाजिरीजवाफ प्रतियोगीता आयोजना गरिने, चौथो दिन अत्तरियामा रहेको पद्मा अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिने, पाचौँ दिन अत्तरिया चोकमा घैँटो फोड प्रतियोगीता आयोजना गरिने, छैटौ दिन शिव मन्दिर परिषरमा वृक्षारोपण गरिने र सप्ताहको सातौ दिन समापन समारोह आयोजना गरिने अत्तरिया जेसिज वर्ष २०२३ का अध्यक्ष मान ऐरले जानकारी दिए ।

जेसिजको केन्द्रिय कार्ययोजना अनुसार प्रत्येक वर्ष जेसिज सप्ताहको आयोजना गर्ने गरिएको छ । जसमा विभिन्न सामाजिक कार्यहरु गर्ने गरिन्छन । जेसिजमा आवद्ध व्यक्तिहरुले सप्ताह अवधीमा सामाजिक कार्यअन्तरगत ट्राफिक सचेतना, स्वास्थ्य शिविर, लागुऔषध दुव्र्यशनी, खेलकुद लगायतका अन्य विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् ।

ADD Khali jpg
Loading...