पीएम कप महिला क्रिकेट : रितुको कप्तानीमा बैतडीको टोली घोषणा

बैतडी-  प्रधानमन्त्री कप महिला टी– २० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीको टोली घोषणा गरिएको छ। रितु कनौजियाको कप्तानी १४ सदस्यीय टोली घोषणा गरेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिए।

Ganyapdhura gau

कप्तान रितुसँगै पिंकी बोहरा,आरती बोहरा,जानकी थापा,संगिता मौनी,करिश्मा थापा छनोट भएका छन्। यस्तै निर्मला भण्डारी, रितु बुडाल, ममता बोहरा, रबिना बोहरा, बसन्ती बोहरा, लक्ष्मी महर,रेनु पेला र ममता चन्द पनि अन्तिम १४ लागि छनोट भएका छन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यसका साथै निर्मला रावल,ईश्वरी भण्डारी, पुनम मल्ल र ममता लावड वैकल्पिक खेलाडीका रूपमा छनोट भएका बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। दशरथ चन्द क्रिकेट मैदान,सुन्दरखालीमा तीन दिन छनोट प्रतियोगिता सञ्चालन गरिएको र उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी टोलीमा परेका हुन्।

छनोट भएको टोलीले सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनौटमा सहभागिता जनाउने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए। प्रदेशमा उत्कृष्ट प्रदर्शन गरेर छनोट भएका खेलाडीले राष्ट्रिय प्रतियोगिता खेल्नेछन् ।

प्रदेशस्तरीय छनौट प्रतियोगिता यही मंसिर २४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा हुने क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले जानकारी दिए। प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस १ गतेदेखि काठमाडौँमा हुनेछ। प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागिता रहनेछ।

 

Couple
Loading...