उदयदेव बहुउद्देश्यीय सहकारीको २५औं ईकाइगत बार्षिक साधारण सभा सम्पन्न, ६ करोड ५५ लाख बढी मुनाफा

अत्तरिया, १६ मंसिर- कञ्चनपुरको महेन्द्रनगरमा प्रधान कार्यालय रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २५ औं इकाईगत बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीले कैलालीको प्रतिभा सामुदायिक पुस्तकालयमा २५ औँ ईकाइगत वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

Navadurga sun
Godawari sandesh

उक्त साधारण सभा उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका लिमिटेडका सदस्य दामोदर महराको सभाधयक्षमा भएको कार्यक्रमका प्रमुख अतिथी अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा रहेका थिए ।

कार्यक्रममा वाणिज्य संघका अध्यक्षले यस सहकारीले बैंकिङ्ग सेवा सुविधामा जस्तै सेवा दिएको बताउँदै सहकारीले विभिन्न किसिमका उद्योगहरु समेत संचालन गर्दै आएको बताए । यस सहकारीले आफ्ना सदस्यहरुलाई सरल तथा सहज तरिकाले सेवा सुविधा प्रदान गर्दै आइरहेको बालबचत मार्फत बालकलाई सम्मान सहित सामाग्री दिएकोमा खुशी लागेको बताउँदै यस सहकारीले आगामी दिनहरुमा उन्नती प्रगति गर्दै जाउन भन्दै शुभकामना समेत व्यक्त गरेका थिए ।

त्यस्तै अतिथीमा गोदावरी नगरपालिकाका सहकारी प्रमुख दिव्यराज जोशी, सहकारीका सदस्य उषा बिष्ट, संस्थाका शेयर सदस्य शुरेश शाही, संस्थाका सदस्य दिल बहादुर बम, अत्तरिया सेवा केन्द्रका प्रमुख सुरेन्द्र ऐर लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा बोल्नु हुँदै गोदावरी नगरपालिकाका सहकारी प्रमुख जोशीले संस्थालाई जिवन्त पार्न सबैले आ-आफ्नो तर्फबाट लाग्नु पर्ने बताए । सहकारी संस्थामा आबद्ध सदस्यहरू एक बाहेक अन्य सहकारीमा समेत आबद्धता जनाउने क्रम बढेकाले यसो नगर्न शेयर सदस्यहरुलाई आग्रह गरेका थिए ।

Dadeldhura hospital

साधारण सभामा अध्यक्ष को तर्फबाट बार्षिक प्रतिबेदन सहकारीका सदस्य उषा बिष्टले प्रस्तुत गरेकी थिइन् । उनले प्रस्तुत गरेको प्रतिवेदनमा कृषि उत्पादन उपभोग्य बस्तुको बजारीकरणमा सहयोग पुगोस् भनेर सुदूरपश्चिम प्रदेश भरीमा कार्यक्षेत्र बिस्तार गर्ने लक्ष्य लिएको बताइन । हाल संस्थाले सुदूरपश्चिम प्रदेशका ४ जिल्लाहरुमा ११ वटा सेवा केन्द्र मार्पmत वित्तिय सेवा प्रवाह गरिरहेको छ भने कैलालीमा थप २ वटा सेवा केन्द्र संचालन गर्ने योजना समेत रहेको जनाएको छ ।

२०८० अषाढ मसान्त सम्म २३ हजार ५ सय ३८ जना शेयर सदस्य रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७९/०८० मसान्त सम्ममा २ अर्ब १८ करोड ३५ लाख ७ हजार बराबरको आर्थिक कारोबार गरेको छ । उक्त कारोबारबाट सम्पूणर् खर्च कटाई ६ करोड ५५ लाख ४० हजार ५२ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले बचत तर्फ गत वर्षको तुलनामा १७.४७ प्रतिशतले वृद्धि भएको छ ।

जस मध्ये हालसम्म ११ अर्ब ५० करोड ९६ लाख ८३ हजार रकम बराबरको निक्षेप संकलन गरी ९ अर्ब ९७ करोड १७ लाख ५२ हजार बराबरको रकम बचत फिर्ता गरेर संस्थामा हाल १ अर्ब ५३ करोड ७९ लाख ३१ हजार बराबरको रकम निक्षेपमा रहेको बताइन् । यस्तै संस्थाले ऋणमा १ अर्ब ५० करोड ५लाख ४९ हजार बराबरको रकम लगानी गरेको र जगेडा कोष तर्फ २१ करोड ८० लाख ३६ हजार रकम रहेको छ ।

यस संस्थाको शेयर पूँजी गत वर्षको तुलनामा मा २०.७० प्रतिशतले वृद्धि भएर १८ करोड ८५ लाख ७४ हजार ५ सय पुगाउन सफल भएको साथै संस्थाले आगामी ३ वर्षमा २५ करोड पुगाउने लक्ष्य लिएको बताइन् ।

उनले संस्थाको ग्रामीण भेगमा चुलो चौकामा सिमित रहेका महिला दिदीबहिनी हरुलाई लघुवित्त कार्यक्रमका माध्यमबाट समुहमा आवद्ध गराई उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउन विभिन्न किसिमका तालिम दिई आत्मनिर्भर बनाउने तथा उद्यमशिलताको विकाश गराई हिसाब किताब लाई पारदर्शी बनाउने, आधुनिक प्रविधि संग जोडने उद्देश्यले घर दैलोमै बित्तिय सेवा पुर्याउन बिभिन्न रेमिटान्स सेवा, एसएमएस बैंकिङ , ट्याब्लेट बैंकिङ/मोबाइल बैंकिङ, क्यू आर कोडको शुरुवात गरेका बताइन् ।

यसै वर्ष देखि सदस्यहरुलाई अझ सरल र सहज बनाउन प्रविधि मैत्रीको विकास गरी एटीएम कार्ड (कोप कार्ड) व्यवस्था गरेको बताइन् । साथै कृषिमा आधुनिकीकरण गर्नका नँया नँया टेक्नोलोजी प्रयोग गर्नका लाई कष्टम हायरिङ्ग सेन्टर तथा बीउ प्रशोधन केन्द्रको स्थापना गरेको बताइन्। जसबाट सर्व सुलभ रुपमा आधुनिक कृषि मेसीनरीहरुमा सदस्यहरुको पहुंच पुगेको बताईन् । संस्थाले राइस मिल सञ्चालनमा ल्याए संगै माघ अन्तिम सम्ममा सुपथ मूल्यमा चामल उपलब्ध गराउने भएको बताइन् ।

संस्थाले संचालन गरेको कृषि कार्यक्रमलाई अझ प्रभावकारी बनाउन प्रत्येक वर्ष उत्कृष्ट अंक हासिल गरी जेटीए अध्ययन गर्न चाहने सदस्यहरु मध्येबाट ५ जना छोरा छोरी लाई कुल अध्ययन खर्चको ५० प्रतिशत संस्थाले व्यहोर्ने गरी छात्रवृती वितरण गर्ने कार्यविधी बनाई कार्यान्वयन गरेको समेत बताईन् ।

कार्यक्रममा सहकारी संस्था अत्तरिया सेवा केन्द्रका प्रमुख सुरेन्द्र ऐरले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका केन्द्रिय कार्यालयका वरिष्ठ प्रवन्धक प्रकाश राज भट्टले गरेका थिए ।

अत्तरिया सेवा केन्द्र सदस्यहरूलाई सम्मान

त्यसैगरी संस्थाले साधारण सभाको अवसर पारेर सेवा केन्द्रको संस्थामा आबद्ध सदस्यहरु मध्ये ज्येष्ठ सदस्यलाई सम्मान, उत्कृष्ट वाल बचतकर्तालाई सम्मान तथा सामाग्री वितरण, उत्कृष्ट उद्यमीलाई लगायत विभिन्न विधामा सदस्यहरूलाई दोसल्ला, प्रमाणपत्र सहित सम्मान गरेको थियो ।

Loading...