डोटीका समीर मृत्यु प्रकरणमा तीनजना पक्राउ

डोटी- डोटीका समीर भट्ट मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । डोटीको दिपायल सिलगढी नगरपालिका–५ का समीर भट्ट मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले बताए।

मङ्गलवार बिहान दिपायल सिलगढी नगरपालिका-५ पुन्ना स्थित सडक नालीमा मृत भेटिएका ३० वर्षीय भट्टको हत्या आशङ्कामा तीन जनालाई नियन्त्रण लिइएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक कोइरालाले तीन जनालाई नियन्त्रणमा लिएर बिहीबार म्याद थप गरी अनुसन्धान थालिएको बताए ।

Navadurga sun

नियन्त्रणमा लिएकाहरूको प्रहरीले परिचय खुलाएको छैन्। पोस्टमार्टम गरिएको भट्टको शव ५ दिनदेखि जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको छ।यता मृतकका आफन्तले हत्यारालाई कानुनी दायरामा नल्याएसम्म शव नबुझ्ने बताएका छन् । मृतकका काका उमाकान्त भट्टले हत्यारालाई कार्वाहीको माग गरेका छन् ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...