पञ्चेश्वरमा आइतबार र सोमबार सार्वजनिक बिदा

बैतडी- प्रसिद्ध कैलपाल धुरा मन्दिरमा लाग्ने जात्राको अवसरमा बैतडीको पञ्चेश्वर गाउँपालिका क्षेत्रभित्र मंसिर १७ गते आइतबार र १८ गते सोमबारका सार्वजनिक बिदा दिइएको छ। पञ्चेश्वर गाउँपालिका-४ आम्चौरास्थित प्रसिद्ध कैलपाल धुरा मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको गाउँपलिकाले जनाएको छ।

कैलपाल मन्दिरमा लाग्ने जात्रामा स्थानीयहरूको उल्लासमय सहभागितालाई दृष्टिगत गरेर पालिकाले दुई दिन सार्वजनिक बिदा दिइएको हो।कैलापाल धुरा जात्राको अवसरमा आइतबार र सोमबार गाउँपालिकाभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा रहने गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए।

Navadurga sun

कैलपाल धुरा मन्दिरमा हरेक बर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथीमा जात्रा लाग्दै आएको छ। उक्त जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरू समेत पुग्ने गरेका छन्।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...