ओलीद्वारा शहीद दशरथचन्दको जन्मघरको अवलोकन र त्रिपुरा सुन्दरी दर्शन

बैतडी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीद दशरथचन्दको जन्मघरको अवलोकन गरेका छन्। झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा शुभारम्भ गर्न बैतडी पुगेका अध्यक्ष ओली लगायतका नेताहरूले बिहीबार बिहान बैतडीको दशरथचन्द नगरपालिका ५ बस्कोटस्थित शहीद दशरथचन्दको जन्मघरमा अवलोकन गरेका हुन्।

Ganyapdhura gau

ओली लगायतका नेताहरूले घरको बाहिर रहेको चन्दको शालिकमा माल्यार्पण गरी उनीप्रति सम्मान व्यक्त गरे दशरथचन्द स्मृति प्रतिस्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यस्तै सो घरमा राखिएको आगन्तुक पुस्तिकामा पनि नेताहरूले हस्ताक्षर गरे। विगत लामो समयदेखि प्रतिष्ठानलाई राष्ट्रियस्तरबाट घोषणा गर्न पहल भए पनि सरकारी निकायबाट बेवास्ता गरेकाले अध्यक्ष ओलीलाई प्रतिष्ठान घोषणाका लागि ज्ञापनपत्र बुझाइएको अध्यक्ष चन्दले बताए।

झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेपछि ओली लगायतका नेता सो घरमा पुगेका हुन्। यसअघि आजै यहाँको प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिरको पनि अध्यक्ष ओलीले दर्शन गरेका थिए।

संकल्प यात्रा शुभारम्भपछि ओलीले आजै गोठलापानीमा आयोजना गरिएको आमसभाको सम्बोधन गर्नेछन्। त्यसपछि साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासँगको भेटघाट रहेको जनाएको छ।

 

Couple
Loading...