बैतडीमा बिडिसिए कप क्रिकेट हुँदै, खेलतालिका सार्वजनिक

बैतडी- बिडिसिए कप जिल्लास्तरीय क्रिकेट प्रतियोगिता मंसिर १६ गतेबाट शुरु हुने भएको छ। बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन हुने  बिडिसिए कपको यो २० औं संस्करण हो।

Ganyapdhura gau

दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सञ्चालन हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए। प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरिएको छ।

Navadurga sun
Godawari sandesh

समूह ‘ए’मा एनआरवाईसी बठ्ठा, नवजागृति क्रिकेट क्लब, नागार्जुन जनसेवा,पञ्चकोटी क्रिकेट क्लब र समूह ‘बी’मा निङ्गलासैनी क्रिकेट क्लब, कालाशैनी क्रिकेट क्लब, महामाया क्रिकेट क्लब रहेका छन्। ​

यसैगरी समूह ‘सी’मा दशरथचन्द स्मृति प्रतिष्ठान,ग्वाल्लेक क्रिकेट क्लब, महारुद्र क्रिकेट क्लब समूह ‘डी’मा योङस्टार क्रिकेट क्लब, त्रिपुरा क्रिकेट क्लब र पाटन क्रिकेट क्लब रहेका छन्।

Dadeldhura hospital

प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम रहेको छ। उद्घाटन खेलमा मंसिर १६ गते बिहान ९ बजे एनआरवाईसी बठ्ठा र पञ्चकोटी क्रिकेट क्लब भिड्नेछन्।

यो वर्ष बिडिसिए कप वान डे फर्म्याटमा खेलाइने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। विगत वर्षहरूमा टी–२० फर्म्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो वर्ष ५० ओभरमा खेलाइन लागेको हो।

प्रतियोगितामा १६ वर्षमुनिका खेलाडीलाई समावेश गर्न दिइनेछैन भने एक टीममा २३ वर्षमाथिका बढीमा ४ जना खेलाडीले मात्रै सहभागिता जनाउन पाउने क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए।

प्रतियोगिताको विजेतालाई ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ।  प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

Couple
Loading...