
बैतडी- ग्लोबल आईएमई बैंक लिमिटेडले बैतडीको पाटन नगरपालिका–६ स्थित पाटनबजारमा नयाँ शाखा विस्तार गरेको छ । आइतवार एक समारोहका बीच पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले नयाँ शाखाको उद्घाटन गरेका हुन् । योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ ।




