बैतडीको प्रसिद्ध गणमेश्वर मन्दिरमा दुई जात्रा

बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ५ र ६ को सिमानामा अवस्थित प्रसिद्ध गणमेश्वर मन्दिरमा दुई दिन जात्रा लाग्ने भएको छ । पञ्चेश्वर गाउँपालिकाको बिजुलमा रहेको भण्डार घरबाट भण्डार लगेर आज राति मन्दिरमा पूजाआजा हुने स्थानीय नरेन्द्र कलौनीले जानकारी दिए ।

Ganyapdhura gau
Dadeldhura hospital

हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी अर्थात् वैकुण्ठ चतुर्दशीको राति मन्दिरमा पूजाआजा हुने गरेको छ । आज राति गणमेश्वर मन्दिरमा बाजागाजासहित विभिन्न स्थानबाट जात्रा ल्याउने चलन रही आएको छ ।भोलि कार्तिक शुक्ल पूर्णिमाको बिहान पनि मन्दिरमा पूजाआजा हुने र दिनभरि मेला लाग्ने कलौनीले बताए ।

Navadurga sun
Godawari sandesh

गणमेश्वर देवताको दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् । गणमेश्वर देवताको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

गणमेश्वर मन्दिरमा लाग्ने जात्राको अवसरमा पञ्चेश्वरको रन्तोली, धीर मडा, जेबलकटट्या, पाटनको बगाडी लगायतका क्षेत्रबाट बाजागाजासहित जात्रा लैजाने चलन रही आएको छ ।

Couple
Loading...