बैतडीको पाटनमा भोलि सार्वजनिक बिदा

 बैतडी– बैतडीको पाटन नगरपालिका क्षेत्रभित्र भोलि (मंगलबार) सार्वजनिक बिदा दिइएको छ । पाटन नगरपालिका–२ स्थित प्रसिद्ध महारुद्र धाममा जात्रा लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको हो।

महारुद्र धाममा लाग्ने जात्रामा स्थानीय दर्शनार्थीहरुको सहभागितालाई मध्यनजर गरेर पाटन नगर क्षेत्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था, वडा कार्यालय लगायतमा सार्वजनिक बिदा दिइएको हो ।

Navadurga sun

नगर प्रमुखस्तरीय निर्णय अनुसार भोलि नगरपालिका क्षेत्रका सबै सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा रहेको नगरपालिकाकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । महारुद्र धाममा लाग्ने जात्राको अवसरमा नगरपालिकाले हरेक बर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।

महारुद्र धाममा हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन ठूलो जात्रा लाग्ने गरेको छ । सो जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने गरेको मन्दिरका पूजारी शिवदत्त अवस्थीले बताए ।

Patan bida1700464297.jpg

ADD Khali jpg
ADD Khali jpg
Loading...