कञ्चनपुरमा महिला माथि चक्कु प्रहार

कञ्चनपुरमा- एक महिला माथि चक्कु प्रहार भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ स्थित शान्तिपुरमा सोमबार बिहान घर नजिकै ४८ वर्षिया जानकी देवी भण्डारी माथि चक्कु प्रहार भएको हो ।

Dadeldhura hospital

बाटोमा हिँडिरहेको बेला उनको पिठ्युँमा चक्कु प्रहार भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ईश्वर थापाले बताए । उनको झलारीमा उपचार हुन नसकेपछि धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको छ । भण्डारीको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।

Navadurga sun
Godawari sandesh

चक्कु प्रहार गर्ने सोही ठाउँका ५५ वर्षीय मंगल बोहरा फरार रहेका छन् । उनको खोजिकार्य भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । चक्कु प्रहार गर्ने बोहराको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ ।

Loading...