



बैतडी– बैतडीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको दशरथ चन्द नगरपालिका– ५ कुमालीका अन्दाजी ४५ वर्षीय नरेश जोशी आइतबार मृत अवस्थामा फेला परेका हुन ।


घरबाट कार्तिक ३० गते देखि बेपत्ता रहेका जोशी आइतबार बिहान दशरथ चन्द नगरपालिका–५ कै मुल्यभिटा भन्ने भीरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





