सन्तोष पाण्डेय/बैतडी– बैतडीको प्रसिद्ध धार्मिक स्थल महारुद्र मन्दिरमा यही मंसिर ४ गते जात्रा लाग्ने भएको छ । जिल्लाको पाटन नगरपालिका –२ मा पर्ने महारुद्र मन्दिरमा प्रत्येक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्ने गर्दछ ।




सप्तमीका दिन सिमोडा स्थित भण्डार घरबाट भण्डार लगेर शुक्ल सप्तमीको राति र अष्टमीको बिहान पूजाआजासहित जात्रा हुने गरेको छ ।


सो जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ । महारुद्र देवताको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।अनुपम शक्ति रहेको महारुद्रमा ज्योत्रिलिङ्ग आफै बड्ने यहाँका जानकार बताउछन् । गत बर्ष महारुद्र जात्राको अवसरमा पाटन नगरपालिका ले सार्बजनिक बिदा दिएको थियो ।




