बैतडीको शिवनाथमा दुई दिन सार्वजनिक बिदा

बैतडी – बैतडीको शिवनाथ गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकास्थित प्रसिद्ध शिवनाथ धाममा लाग्ने मेलालाई मध्यनजर गर्दै सार्वजनिक बिदा दिइएको हो ।

गाउँपालिकाले अध्यक्ष स्तरको निर्णय गर्दै गाउँपालिकाले मंसिर ४ र ५ गते शिवनाथ गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकायहरूमा सार्वजनिक बिदा दिइएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

जिल्लाको प्रसिद्ध धामको रूपमा रहेको शिवनाथ मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका ठुलो जात्रा लाग्ने गर्दछ । जात्रामा हजारौँ दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ ।

स्थानीयहरूको उल्लासमय सहभागितालाई दृष्टिगत गर्दै पालिकाले जात्राको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले बताए । यसअघिका वर्षहरूमा पनि गाउँपालिकाले शिवनाथ जात्राको अवसरमा सार्वजनिक बिदा दिँदै आएको थियो ।

Shibnath1700226241.jpg

Loading...