एक अस्पताल सहित ८ पसलमा भिषण आगलागी

धनगढी- धनगढी बजारमा भिषण आगलागीभएको छ । धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको हो । धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पताल सहितका पसलमा राति करीब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

Dadeldhura hospital

विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टर लगायतका पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुल्दीप चन्दले जानकारी दिए । स्थानीय दल बहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देबेन्द्र पालले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

एसपी पालका अनुसार धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए ।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोली समेत परिचालन गरिएको थियो। आगलागीबाट सारथी अस्पताल र भण्डारी सुज सेन्टरसँग जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको छ । क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

Loading...