पछिल्लो २४ घण्टामा थप २,६३६ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

देशमा कोरोना संक्रमितको संख्या ३५ हजार ३१० जना पुग्याे

काठमाडौं, १५ असार– पछिल्लो २४ घण्टामा २,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १,७२८ र ४,४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २,६३६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४,३४८ जना रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।

हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३०२, चितवनमा १५५, झापामा १५०, सुनसरीमा १३८, ललितपुरमा १००, मोरङमा ९०, बागलुङमा ७०, कास्कीमा ६१, भक्तपुरमा ५६, रुपन्देहीमा ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

Navadurga sun

बर्दियामा ४९, नवलपरासी पुर्वमा ४१, कैलालीमा ३८, नुवाकोटमा ३७, पाल्पामा २६, काभ्रेपलाञ्चोकमा २४, दाङमा १९, धनकुटा र मकवानपुरमा १६/१६ जना, दैलेख र हुम्ला र कञ्चनपुरमा १५/१५ जना, बारा, धादिङ र सुर्खेतमा १४/१४ जना, दोलखा, अर्घाखाँची र मुगु १२/१२ जना, धनुषा, नवलपरासीमा ११/११ जना तथा सिरहा, म्याग्दी, बाँकेमा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ५३ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११देखि २० वर्षम उमेर समूहका ११५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...