दार्चुलामा नगदसहित सात जुवाडे पक्राउ

Dadeldhura hospital

दार्चुला- दार्चुलामा नगदसहित सात जना जुवाडे पक्राउ परेका छन्। महाकाली नगरपालिका वडा नम्बर ५ गल्फैस्थित ३२ वर्षीय केशबदत्त भट्टको घरबाट सात जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए।

Ganyapdhura gau

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ का ३२ वर्षीय भट्ट, सोही वडाका रतनसिंह खाती, कमलसिंह ठगुन्ना, खिमानन्द भट्ट र अम्बादत्त भट्ट, जीवन भट्ट तथा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ का जनकराज जोशी रहेको सिंहले बताए। उनीहरुको साथबाट ४३ हजार तीन सय रुपैयाँ नगदसहित तास बरामद गरिएको छ।

Couple
Loading...