बैतडीमा चिनी अभाव

बैतडी- बैतडीका बजारमा चिनी पाउनै मुस्किल भइरहेको छ। तिहारका बेला बैतडीका मुख्य तथा स्थानीय बजारमा चिनी अभाव भएको हो।तराईका जिल्लाबाट नै चिनी आपूर्ति नहुँदा बजारमा चिनी अभाव भएको व्यवसायीहरूले बताएका छन्। यतिबेला बजारमा सहजै चिनी पाउन मुस्किल भइरहेको उपभोक्ताहरूले बताएका छन्।

Ganyapdhura gau
Dadeldhura hospital

भारतबाट चिनी आयात नै सीमित भइरहेकाले नेपाली बजारमा चिनीको अभाव भइरहेको ठूला व्यावसायीहरूले बताएका छन्। आवश्यकता अनुसार चिनी आपूर्ति नहुँदा यहाँका स्थानीय बजारमा चिनीको अभाव भइरहेको पाटन बजारका व्यवसायी चक्र सिंह बिष्टले बताए। होलसेलमै ११५ रुपैयाँमा खरिद गर्नुपर्ने बाध्यता रहेको र सोही मूल्यमा पनि खरिद गर्न पाइन छोडेको उनले बताए।

Navadurga sun
Godawari sandesh

स्थानीय स्तरमा रहेको ग्रामिण बजारमा चिनी पाइनै छोडेको छ। जिल्लाको तल्लो स्वराड क्षेत्र तथा पुर्चौडी, सिगास लगायतका क्षेत्रमा चिनी पाइन छाडेको स्थानीयहरूले बताएका छन्। केही ठाउँमा सीमित रूपमा चिनी पाइएपछि १४० रुपैयाँसम्म प्रतिकिलोका दरले खरिद गर्नुपर्ने बाध्यता रहेको उपभोक्ताहरूले बताएका छन्।

काठमाण्डौमा साल्ट ट्रेडिङ कर्पोरेसन कम्पनी लिमिटेडले व्यवसायीहरूलाई दैनिक २० बोराका दरले चिनी बिक्रि गरिरहेको अवस्थामा बैतडीमा भने चिनी अभाव भएको छ। बैतडीको पाटनमा रहेको साल्ट्र ट्रेडिङ कर्पोरेसनको डिपोमा नुन मात्रै पाइने गरेको छ।

Couple
Loading...