


बैतडी– बैतडीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको मेलौली नगरपालिका–७ ओझागाउँका अन्दाजी ३८ बर्षीय लोकेन्द्र ओझा मृत फेला परेका हुन् ।



सोमबार दिउँसो गाउँकोट भन्ने ठाउँमा कपडा सिलाउन जान्छु भनि हिँडेका ओझा मंगलबार बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । मेलौली नगरपालिका ७ मङ्गराउ भन्ने स्थानमा सडकबाट करीब ५ मिटर तल ओझाको शव फेला परेको प्रहरीले जनाएको छ ।


ओझा अपांगता भएका व्यक्ति रहेको बुझिएको छ । ओझाको मृत्युको कारण भने खुलेको छैन् । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक केसीकै नेतृत्वमा प्रहरीटोली घटनास्थलतर्फ गएको छ ।





