धनगढीमा एक जना मृत फेला

 

धनगढी- कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–३ स्थित भाटभटेनी पछाडि आफ्नै घरमा २० वर्षीय नरेन्द्र बिष्ट मृत फेला परेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बिष्ट आफ्नै घर कोठामा पंखामा झुण्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएको बताए।

Navadurga sun

उनको मृत्युको कारण नखुलेको प्रहरीले जनाएको छ। मृतक बिष्टको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

 

 

 

 

 

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...