बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

बैतडी – बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–७ का ५० बर्षीय नरेन्द्रबहादुर ऐरको भिरबाट लडेर मृत्यु भएको हो ।

सोमबार राति ८ बजे घरबाट स्थानीय बजार द्वाली जान्छु भनि हिँडेका ऐर मनेकुडास्थित बाटोबाट लडेर दुई सय मिटर तल खसी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । ऐरको शव मंगलबार बिहान फेला परेको हो । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...