देउसी भैलो खेल्दै सेना

डडेलधुरा- नेपाली सेनाले संस्कृति झल्किने शैलीको देउसी–भैलो खेलेको छ । अमरगढी नगरपालिका–१ दहमा रहेको नेपाली सेनाको रण बम गणले जिल्ला सदरमुकाम बागबजारमा देउसी–भैलो खेलेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

अमरगढी नगरपालिका–५ स्थित बागबजारको बसपार्कमा नेपाली सेनाले नेपाली देउसी भैलो संस्कृति झल्काउने उद्देश्यका साथ देउसी–भैलो कार्यक्रमको आयोजना गरेको गणका गणपति प्रमुख सेनानी प्रवीण थापाले बताए । तिहारको पाँच दिन धूमधामसँग देउसी भैलो खेल्ने चलन रहेको भए पनि पछिल्ला दिनहरूमा मौलिक भैलो हराउँदै गएको छ ।

Navadurga sun
Godawari sandesh

पुरानो संस्कृतिको संरक्षण गर्ने उद्देश्यले देउसी–भैलो कार्यक्रम आयोजना गरिएको गणपति एवं प्रमुख सेनानी थापाले बताए । नेपाली सेनाका जवानहरूले नेपाली पोसाक दौरा–सुरुवाल र ढाका टोपी, चोलो, पटुकीसहित आकर्षक पोसाकमा सजिएर देउसी भैलो भट्ट्याउनै खेलेका थिए ।

देउसी–भैलो कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, प्रहरी नायब उपरीक्षक दीपककुमार कार्की, सशस्त्र प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर पाल, स्थानीय तहका जनप्रतिनिधि, पत्रकार र स्थानीयहरुको उपस्थिति थियो ।

Couple
Loading...