सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत बढी रोपाई सम्पन्न

अत्तरिया,  १५ असार- सुदूरपश्चिम प्रदेशभरी कुल खेतीयोग्य जमिनमध्ये ५० प्रतिशतभन्दा बढी धान रोपाई भइसकेकोे छ । कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले भने– अहिले रोपाई धमाधम भइरहेको छ । हामीले हप्तामा यो तथ्यांक संकलन गर्ने गरेका छौं ।

कृषि निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार असार ११ गतेसम्म प्रदेशभरी कुल खेतीयोग्य जमिनको ४५ दशमलव ९३ प्रतिशतमा रोपाई भएको उल्लेख छ । प्रदेशमा एक लाख ८५ हजार आठ सय ४७ हेक्टर क्षेत्रफलमा रोपाई हुँदै आएको छ । निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार शुक्रबारसम्म ८५ हजार तीन सय ६८ हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रदेशमा सबैभन्दा बढी दार्चुला जिल्लामा रोपाई भएको छ । निर्देशनालयले दिएको विवरण अनुसार दार्चुलामा चार हजार चार सय ८० हेक्टरमा रोपाई हुँदै आएकोमा दुई हजार सात सय ७७ हेक्टरमा रोपाई भइसकिएको छ । यस्तै, डडेल्धुरामा छ हजार एक सय ८८ हेक्टरमा रोपाई हुँदै आएकोमा तीन हजार सात सय १२ हेक्टरमा रोपाई गरिसकिएको निर्देशनालयले जनाएको छ ।

Dadeldhura hospital

प्रदेशमा सबैभन्दा कम रोपाई कञ्चनपुरमा भएको छ । कञ्चनपुरमा ४८ हजार चार सय ७५ हेक्टरमा रोपाई हुँदै आएकोमा १६ हजार नौ सय ६६ हेक्टर ९३५ प्रतिशत०मा रोपाई भइसकिएको छ । कैलालीमा ७० हजार पाँच सय २० हेक्टरमा रोपाई हुँदै आएकोमा शुक्रबारसम्म ३८ हजार सात सय ८६ हेक्टरमा रोपाई भइसकिएको छ ।

निर्देशनालयले दिएको जानकारी अनुसार डोटीमा १० हजार सात सय १५ हेक्टर क्षेत्रफलमा रोपाई हुँदै आएकोमा चार हजार पाँच सय हेक्टर, बैतडीमा नौ हजार हेक्टरमा रोपाई हुँदै आएकोमा चार हजार ५०, बझाङमा १२ हजार सात सय चार हेक्टरमा रोपाई हुँदै आएकोमा पाँच हजार सात सय १६, अछामा १६ हजार पाँच सय ९० हेक्टरमा रोपाई हुँदै आएकोमा सात हजार चार सय ६५ हेक्टर र बाजुरामा सात हजार एक सय ७५ हेक्टरमा रोपाई हुँदै आएकोमा तीन हजार नौ सय ४६ हेक्टरमा रोपाई भइसकेको छ ।

संघिय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भने प्रदेशमा आर्थिक वर्ष ०७६/७७ मा एक लाख ७४ हजार छ सय पाँच हेक्टरमा धान खेती भएकोमा छ लाख ३३ हजार आठ सय ५३ मेट्रिक टन धान उत्पादन भएको उल्लेख छ । मन्त्रालयले आर्थिक वर्ष ०७७/७८ मा एक लाख ७४ हजार छ सय ८८ हेक्टरमा वर्षे धान रोपाई हुने अनुमान गरेकोमा छ लाख ४२ हजार चार सय ९९ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ ।

प्रदेशमा आर्थिक वर्ष २०७६/०७७ मा छ सय तीन हेक्टरमा चैते धान खेती गरिएकोमा दुई हजार आठ सय छ मेट्रिक टन धान उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा घटेर पाँच सय ४० हेक्टरमा धान खेती गरिएकोमा दुई हजार चार सय ९२ मेट्रिक टन धान उत्पादन हुने अनुमान रहेको छ ।

Loading...