२०८१ सालको एसईई परीक्षाका लागि रजिस्ट्रेशन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि रजिस्ट्रेशन फाराम खुला गरेको छ।  शैक्षिक सत्र २०८० मा कक्षा ९ मा साधारण, परम्परागत (संस्कृत, वेदविद्याश्रम, गुरुकुल, मदर्सा तथा गोन्पा) र प्राविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीले २०८१ सालको नियमित एसईई परीक्षामा समावेश हुनका लागि फाराम रजिस्ट्रेशन फाराम भर्न आह्वान गरिएको हो।

बोर्डका अनुसार विद्यार्थीहरुले यही कात्तिक २४ गते (शुक्रबार)देखि मंसिर मसान्त भित्र फाराम भरिसक्नुपर्नेछ। मंसिर मसान्तभित्र फाराम भर्दा राजस्व बापत ३०० रुपैयाँ शुल्क तिर्नुपर्ने परीक्षा बोर्डले जनाएको छ। विलम्ब शुल्क समेत ६०० रुपैयाँ तिरेर पुस १ गतेदेखि १५ गतेसम्म फाराम भर्न सकिने बोर्डले जनाएको छ।

विद्यार्थीहरुले आफू अध्ययनरत विद्यालयमा नै रजिस्ट्रेशन फाराम भर्न तथा बुझाउन सक्नेछन्। रजिस्ट्रेशन फाराम भर्नका लागि विद्यार्थीहरुले अङ्काङ्कन पद्धतिमा कक्षा ८ वा सो सरहको वार्षिक परीक्षा उत्तीर्ण भएको हुनुपर्ने बोर्डले जनाएको छ। साथै अक्षराङ्कन पद्धति (२०७२–२०७७)का हकमा अनिवार्य विषयहरुमा न्यूनतम ‘डी प्लस’ (D+) ग्रेड तथा २०७८ र २०७९ सालमा न्यूनतम ‘डी’ ग्रेड प्राप्त गरेको ग्रेडसिट पेस गर्नुपर्ने बोर्डले जनाएको छ।

विद्यालयहरुले आफ्नो विद्यालयमा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुको नामथर, जन्ममिति, आमा–बाबुको नाम ठिकसँग भरे नभरेको रुजु गरी, पछिसम्म फरक नपर्ने गरी प्रमाणित गरी २०८० पुस १६ भित्र राजस्व शुल्कको विवरणसहित सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसक्नुपर्ने बोर्डले जनाएको छ।

बोर्डका अनुसार खुला तथा वैकल्पिक विद्यालय र अनौपचारिक प्रौढ विद्यालयका विद्यार्थीहरुले २०८१ सालको परीक्षा आवेदन फाराम भर्ने समयमा रजिस्ट्रेशन फाराम समेत सँगै भर्नु पर्नेछ।

NEB_SEE_Notice-1699581380.jpg

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...