
कञ्चनपुर- कञ्चनपुरमा एक होटल सञ्चालक चरेससहित पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–२ बंकस्थित होटल माँ डिलासैनी गेष्ट हाउस एण्ड लज का होटेल सञ्चालक ४८ वर्षीय पदमबहादुर कार्की लागूपदार्थ चरेस सहित पक्राउ परेका हुन्।


गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कार्कीको आफ्नै घरमा सञ्चालनमा रहेको उक्त होटेलमा चेकजाँच गर्दा ९२.४२ ग्राम लागूपदार्थ चरेस फेला पारी उनी मंगलबार साँझ पक्राउ परेका हुन्। कार्कीलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताइएको छ ।





