बैतडीमा एक जना गोठभित्र मृत फेला

बैतडी– बैतडीमा एक जना गोठभित्र मृत अवस्थामा फेला परेका छन् । बुधबार जिल्लाको दशरथचन्द नगरपालिका-२ सुन्दरखालीका करिब २३ बर्षीय चक्रराम लावड गोठभित्र मृत अवस्थामा फेला परेका हुन् ।

Dadeldhura hospital

दशरथचन्द नगरपालिका-२ सुन्दरखाली घर भएका उनी दशरथचन्द नगरपालिका-२ कै थलालगाउँका स्थानीय दानसिंह थलालको गोठमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

बालुवा राखेको गोठमा उनी मृत अवस्थामा परेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । साथै घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Loading...