बैतडीको बीपीएल क्रिकेट : पञ्चकोटीलाई उपाधि

बैतडी-  दोस्रो संस्करणको बासुलिङ्ग प्रिमियर लिग (बीपीएल) क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका १० रातामाटाको पञ्चकोटी क्रिकेट क्लबले हात पारेको छ।

विजयादशमीको अवसरमा बैतडीको सतबाँझमा बुधबार आयोजित प्रतियोगिताको फाइनलमा आयोजक बासुलिङ्ग क्रिकेट क्लबलाई ३१ रनले स्तब्ध पार्दै पञ्चकोटीले उपाधि हात पारेको हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सुर्नया गाउँपालिका २ स्थित सिद्धखाली खेलमैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको पञ्चकोटीले निर्धारित १५ ओभरमा ८ विकेट क्षतिमा १६४ बनाएको थियो। जवाफमा आयोजक बासुलिङ्ग १४ ओभरमा १३३ रनमा समेटिएको पञ्चकोटी क्रिकेट क्लवका अध्यक्ष उत्तम चन्दले जानकारी दिए।

उपाधिसँगै पञ्चकोटी क्रिकेट क्लबले ३५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पायो भने बासुलिङ्ग क्रिकेट क्लवले १८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी म्यान बासुलिङ्ग क्रिकेट क्लबका आकाश चन्द भए। उनले २ हजार ५ सय ट्रफि, मेडल र प्रमाणपत्र पाए।

खेलमा उत्कृष्ट ब्याटसम्यान पञ्चकोटीका अंशु बुडाल र उत्कृष्ट बलर पञ्चकोटीकै मुकेश थापा चुनिए। दुवैलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो। बासुलिङ्ग क्रिकेट क्लवको आयोजनामा कात्तिक २ गतेशुरू भएको प्रतियोगितामा १६ टोलीको सहभागिता थियो।

Loading...