बैतडीमा वार्षिक ३ हजार मेट्रीक टन मासु उत्पादन, ७५ प्रतिशत निर्यात

बैतडी- बैतडी मासुमा आत्मनिर्भर जिल्ला रहेको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका अनुसार बैतडीबाट वार्षिक २४ सय मेट्रीक टन मासु निर्यात हुने गरेको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

खसी, बोका, बाख्रा तथा रांगाको मासु निर्यात हुने गरेको हो । बैतडीमा ३ हजार ११ मेट्रीक टन मासु उत्पदान हुने गरेकोमा त्यसमध्ये ६ सय मेट्रीक टनमात्रै जिल्लामा खपत हुने गरेको छ भने बाँकी २४ सय मेट्रीक टन बाहिरिने गरेको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पाटनका अधिकृत खडक सिंह भण्डारीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

जिल्लामा उत्पदान भइरहेको मासुको पूर्ण तथ्याङ्क संकलन गर्न नसकिएको भएपनि सबै निकायबाट गरिएको सर्वेक्षणका आधारमा जिल्ला मासुका लागि आत्मनिर्भर जिल्ला नै मानिएको विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले जानकारी दिए ।

तर, बोइलर कुखुरा भने बाह्य जिल्लाबाट आउने गरेको उनले बताए । व्यवसायिक रुपमा बाख्रा पालन तथा बंगुर पालन गर्ने किसान बढ्दै गएकाले मासु उत्पदानमा अझै वृद्धि हुने आंकलन गरिएको छ । तर, मौसमअनुकुल नभएका कारणले कुखुरा भने बाह्य जिल्लाबाट भित्रिने गरेका छन् ।

Couple
Loading...