दार्चुला- बैतडी जिल्लाको शिवनाथ गाउँपालिका–२ मडैमा विषादी सेवनबाट एक जनाको मृत्यु भएको छ । मडै गाउका ५५ वर्षिय गंगासिंह मडैको तरकारीमा प्रयोग हुने विषादी सेवनबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मडैले शुक्रबार राति तरकारीमा प्रयोग गरिने विषादी सेवन गरेका थिए ।



विषादी सेवनबाट बिरामी भएका उनलाई वडाकै नागार्जुन क्लिनिकमा लगिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी योगेश खत्रीले बताए । केही समयमा उनको स्वास्थ्य अवस्था सामान्य भएर क्लिनिकबाट घर गएका थिए ।
घरमा मडैको स्वास्थ्य जटिल बन्दै गएपछि थप उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमा उनको ज्यान गएको प्रहरी निरीक्षक खत्रीले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।