प्रतिभा पुस्तकालयले शुभकामना आदानप्रदान तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न

अत्तरिया, ४ कार्तिक । प्रतिभा सामुदायिक पुस्तकालय अत्तरियाद्वारा प्रकाशित प्रतिभा बार्षिक मुखपत्र पुस्तक विमोचन भएको छ । संस्थाको वार्षिक मुखपत्र प्रतिभा अङ्क-४ को विमोचन, पुरस्कार वितरण तथा विविध सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।

Ganyapdhura gau

संस्थाका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वबाट शुभारम्भ गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथि कैलाली क्षेत्र नं -५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय डिल्लीराज पन्त रहनु भएको थियो । त्यसैगरी विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय खेमादेवी विष्ट र गौरीगंङ्गा नगरपालिका कैलालीका उप-प्रमुख भोज बहादुर बम रहनु भएको थियो ।

Navadurga sun

Dadhaldhura pur

कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा भाषा, कला र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए वाफत जोरायल गा.पा.५ गड्सेरा, डोटी निवासी साहित्यकार भालचन्द्र भण्डारी ब्रह्मगोलालाई यस पुस्तकालयमा स्थापना गरिएको मुड्भरी साहित्य पुरस्कार-२०७८ प्रदान गरिएको थियो । त्यसैगरी गोदावरी न.पा. ६ बडेहाँ-कैलाली निवासी खगराज पाठकले स्थापना गरेको गणेश/शारदा स्मृति लोक साहित्य पुरस्कार-२०७९ डोटी जिल्ला, शिखर न.पा. ९ छोया गाउँ डोटी निवासी वरिष्ठ साहित्यकार हेमन्त विवशलाई प्रदान गरिएको थियो । एवम् प्रकारले समाजमा उत्कृष्ट सेवा पुर्याउने निम्नानुसारमा महानुभावहरुलाई पनि पुस्तकालयको तर्फबाट सम्मानित गरिएको थियो ।

त्यस्तै सम्मानित हुनेहरुमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गिरीराज कडायत, पद्मा अस्पताल प्रा.लि.का प्रवन्ध निर्देशक डा.नरबहादुर मौनी, पतञ्जली योग समिति अत्तरियाका संस्थापक अध्यक्ष दुर्गा प्रसाद प्रसाइँ, गोदावरी धाम विकास समितिका संस्थापक अध्यक्ष पद्मराज जोशी (प्रभात), महिला तथा बाल-बालिका सेभ हाउस अत्तरियाका संस्थापक अध्यक्ष जानकी मलासी, अत्तरिया खानेपानी तथा सरसफाई संस्थाका संस्थापक अध्यक्ष उत्तम बहादुर कठायत, सु.प.समावेसी आधारभूत विद्यालय अत्तरियाका संस्थापक अध्यक्ष मानबहादुर साउँद र गोदावरी न.पा. ८ मजगाउँ, कैलाली निवासी सु-प्रसिद्ध साइकिल यात्री भरत विक्रम शाह सम्मानित भएका हुन् ।

आज शिनबार भएको समारोहमा पुस्तकालयका आजीवन सदस्य, दानदाता, प्राज्ञ व्यक्तित्व, प्राध्यापक, शिक्षक, साहित्यकार, समाजसेवी, व्यापारी, कर्मचारी, विद्यार्थी तथा पुस्तकालयका नियमित पाठकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उपस्थित सबै महानुभावहरुलाई यस पुस्तकालयको वार्षिक मुखपत्र प्रतिभा अङ्क-४ निःशुल्क वितरण समेत गरिएको थियो । संस्थाका कोषाध्यक्ष धर्मसिंह कुँवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका सचिव राज बहादुर कडायत गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...