अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको आयोजनामा अत्तरिया बजार सरसफाई गरिएको छ । नगरपालिकाले शनिबार आयोजना गरेको अत्तरिया बजार सरसफाई कार्यक्रममाको आयोजना गरेको हो ।



सरसफाई कार्यक्रममा नगर प्रमुख विरेन्द्र भट्ट, देविदल गण तेघरी, ईलाका प्रहरी कार्यालय मालाखेती, ससस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैधनाथ बाहिनि अत्तरिया, स्थानीय क्लबहरु, अत्तरिया उधोग वाणिज्य संघ, स्थानीय संघ सँस्था, जनप्रतिनिधिहरु, अत्तरियाका व्यवसायीहरु लगायत स्थानीय व्यक्तिहरुको सहभागितामा अत्तरिया बजार क्षेत्रमा रहेको फोहोर सरसफाई गरेका हुन् ।

