कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीद्वारा सास्कृतिक तथा खाद्य परिकार प्रदर्शनी

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न. २ मा रहेको सत्यवती एकेडेमीले सांस्कृतिक तथा खाद्य परिकार प्रदर्शनी मेला सम्पन्न गरेको छ । शुक्रबार एकेडेमीले विभिन्न कार्यक्रम गरी मेला सम्पन्न गरेको हो । हिन्दुहरुको महान पर्व वडा दशैं तिहार र छठ पर्ब लाग्दै गर्दा यस सत्यवती एकेडेमीद्वारा सांस्कृतिक कार्यक्रम सँगै सुदूरपश्चिमेलीहरुको घरमै पाक्ने खाद्य परिकारहरुको प्रदर्शनी समेत गरेको छ ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरी दसैं तिहारको अवसरमा शुभकामना आदानप्रदान र फुड फेस्टिभल गरेको हो । अभिभावक र बालबालिकाको उपस्थितिमा सांगितिक कार्यक्रम गरिएको हो । सत्यवती एकेडेमीले यस क्षेत्रका अधिक विद्यार्थी अध्ययन गर्ने निजी क्षेत्रको विद्यालय हो । कार्यक्रममा फुड फेस्टिभल आकर्षण रहेको थियो ।

Dadeldhura hospital

खानाका विभिन्न परिकार बनाउने स्टलहरु राखिएका थिए । बालबालिकाले आँफैले खाद्य सामग्री तयारी पारेका हुन । पानीपुरी देखि मम सम्मका परिकारहरु विद्यार्थीहरुले बनाएको विद्यालयका प्रमुख विर बहादुर कडायतले बताए । उनले भने, ‘विद्यार्थीको क्षमता विकास र व्यवसायिक कुराहरुको ज्ञान दिनको लागी उनीहरु स्वयमलाई संगलग्न गराइएको हो । यसबाट उनीहरुलाई ब्यापारमा कसरी लाग्ने, खान कसरी बनाउने लगायतका कुराहरु तर्फ आकर्षण गर्न खोजिएको हो ।’

सत्यवती एकेडेमीले बालबालिका भित्र रहेका बिभिन्न प्रतिभाहरुलाई कलमले लेखेर मात्र सिमित नराखि ब्यावहारिक एव् व्यावसायिक क्रियाकलापबाट अगाडी बढाउन दशैं मेला आयोजना गरेको छ ।

कैलालीको अत्तरियामा २०६९ सालमा स्थापना भएकोे ‘सत्यवती एकेडेमीको’ यस क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बिद्यालय हो । कक्षा १० सम्म मात्रै करिब १८ सय विद्यार्थीलाई अध्यापन गराँउदै आएको यो विद्यालयले प्लस टु विज्ञानमा पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । पर्याप्त भौतिक पुर्वाधारकासाथै उत्कृष्ट व्यवस्थापन समेत भएको यो विद्यालयमा यस क्षेत्रकै दक्ष शिक्षकहरु छन् ।

कैलाली बहुमुखी क्याम्पस तथा धनगढीका विभीन्न क्याम्पसहरुमा लामो समयदेखी अध्यापन गराँउदै आएका शिक्षकहरु यस विद्यालयमा रहेका छन् । विज्ञान संकाय अध्यापनकालागी प्रत्येक विषयका दुईदुई ओटा शिक्षकको व्यवस्था गरएिको छ । आकर्षक तलब र सेवा सुविधाका कारण सत्यवती एकेडेमी अनुभवि शिक्षकहरुको रोजाईको केन्द्र पनी बन्ने गरेको छ । सत्यवती एकेडेमीले सधैँ दक्ष जनशत्तिमा जोड दिने गरेको छ । यहाँ पुणर्कालीन ८० जना शिक्षक रहेका छन् । उत्कृष्ट नतिजा प्रदान गर्नकालागी शिक्षकहरुले पनी निकै मिहेनत गर्ने गरेको विद्यालयका सँस्थापक विर बहादुर कडायत बताँउछन् ।

Loading...