कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

धनगढी- कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका–२ स्थित पूर्व पश्चिम राजमार्गमा बा. ७८ प ३६४६ नम्बरको मोटरसाइकलले जोशीपुर गाउँपालिका–४ हस्नापुरका ३६ वर्षीय साइकल यात्री डाटाप्रसाद चौधरीलाई ठक्कर दिँदा चौधरीको मृत्यु भएको हो।

Dadeldhura hospital

ठक्करबाट गम्भीर घाइते भएका उनको बर्दगोरिया अस्पताल प्रा.लि.बौनिया हुँदै निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा शुक्रवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

मोटरसाइकल र मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–७ का चाकावारी बस्ने २७ वर्षीय सनम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

 

Loading...