दार्चुलामा एक महिला मृत फेला

दार्चुला- दार्चुलामा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको नौगाड गाउँपालिका–१ बगड की ४८ वर्षीया धनादेवी ठगुन्नालाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

ठगुन्नाको शव सोही ठाउँस्थित बिलासौ जंगलमा मंगलबार फेला परेको हो। असोज ३ गते घरबाट छोरीको घर जान्छु भनी हिँडेकी उनी सम्पर्कविहीन भएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

ADD Khali jpg
Loading...