कैलाली- प्रधानमन्त्री पुष्पकमल प्रचण्डले सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमिकतामा राखेर सरकारले काम गरेको बताएका छन् । सोमबार गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताको भावनालाई सम्मान गर्दै सुदूरपश्चिममलाई विशेष प्राथमिकतामा राख्दै आएको बताएका हुन् ।



उनले गेटा अस्पताललाई विश्वविद्यालय बनाउने, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणमा सहमति, महाकालीमा पुल अनुदानमा बनाउने, राजमार्ग निर्माण लगायतका आयोजनामा सरकारले गम्भीर चासोका साथ काम गरेको बताए ।
प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारले सुविधासम्पन्न भवन निर्माणसँगै त्यस्तै खालको सेवासुविधा जनतालाई दिनुपर्ने बताए । उनले भने, ‘जसरी सुविधा सम्पन्न भवन बनेको छ त्यसैगरी जनताले सेवासुविधा पाउनुपर्छ ।’