चुरे गाउँपालिकामा एक घर जलेर नष्ट

Dadeldhura hospital

धनगढी– कैलालीमा एक घरमा शनिबार राति आगलागी हुदा घर जलेर पुणर् रुपमा नष्ट भएको छ । जिल्लाको चुरेगाउँपालिका-१ की हर्षकला मगरको घर जलेर शनिवार राति नष्ट भएको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ ।

आगलागीबाट मानवीय तथा पशु चौपायाको क्षती नभए पनि घरभित्रका लुगाकपडा तथा खाध्यकुराहरु जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षेतीको पुणर् विवरण अनुसन्धानपछि खुल्ने कैलाली प्रहरीले जानकारी दिएको छ ।

Loading...