Satyawati
Division ban Pahalmanpur

थ्रडिभिएल क्रियसनको दोस्रो साधारण सभा सम्पन्न, अध्यक्षमा ओझा चयन

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको अत्तरियामा रहेको थ्रिडिभिएल क्रियसनको दोस्रो साधारण सभा सम्पन्न भएको छ । आइतबार स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. लक्ष्मीराज पाठकको प्रमुख अथित्यतामा सहकारीको दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष दिपक ओझाको सभापतित्वमा भएको साधारण सभामा अत्तरिया क्षेत्रमा क्रियासिल विभिन्न सामाजिक सङ्घसंस्थामा आवद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले थ्रिडिभिएलले छोटो समयमै सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

Malpot office dadeldhura

कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन पेश गर्दै अध्यक्ष ओझाले कोरोना माहामारीको समयमा जन्मिएको संस्था पछिल्लो समय सुदूरपश्चिम भरीनै विस्तार भइसकेको बताए । उनले संस्थामा आवद्ध युवाहरूलाई व्यवसाय सँग जोड्नको लागि थ्रिडिभिएलकै नामबाट थ्रिडिभिएल सहकारी र थ्रिडिभिएल प्रोडक्सन संचालन गरिएको बताए ।

त्यस्तै क्रियसनको अध्यक्षमा लोक राज ओझा चयन भएका छन । आइतबार प्रतिभा सामुदायिक पुस्तकालयको सभा हलमा सम्पन्न भएको दोस्रो साधारण सभा तथा पहिलो अधिबेशनबाट ओझा चयन भएका हुन ।

ओझा अत्तरियामा रहेको अल्फा फोटो फ्रेम कम्पनी एण्ड फिटिङ्ग हाउसका संचालक समेत हुन । उनी यस अघि समितिमा सचिव रहेका थिए । यस्तै संस्थाको उपाध्यक्षमा सुलभ धामी, सचिव क्षितीज साउद, सह-सचिवमा आकाश खड्का, कोषाध्यक्षमा डवल साउद चयन भएका हुन । त्यस्तै सदस्यहरूमा धनसरा भण्डारी, चित्र शाहू , राजेश ओझा, तपराज भण्डारी चयन भएका छन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...