कैलालीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

धनगढी- कैलालीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका-४ बिजुलीयाका ४० वर्षीय खुसीराम चौधरीको करेन्ट लागेर शुक्रवार साँझ मृत्यु भएको हो।

आफ्नै घरको पङ्खामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका चैधरीको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...