बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाईते

अत्तिरया- बसले मोटरसाइकललाई ठक्कर दिदा २ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित गोदावरी नगरपालिका–८ स्याउले चोकमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको बसले मोटरसाईकललाई ठक्कर दिएको हो ।

Dadeldhura hospital

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार लु १ ख ९१८४ नम्बरको बसले से २ प ४३०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक गोदावरी–८ जोनापुर बस्ने ४६ वर्षीय परदेश चौधरी र पछाडी सवार २० वर्षीय एम चौधरी घाइते भएका छन्।

godawari10 Mahila hinsa
Navadurga sun

उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। बस र चालक कपिलवस्तु बारगंगा नगरपालिका–५ का ३५ वर्षीय दुहे थारु चौधरीलाई अस्थायी प्रहरी पोस्ट श्रीपुरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Loading...