Division ban Pahalmanpur

नेपाली भू-भागमा भारतीय प्रधानमन्त्रीको घुसपैठ आपत्तिजनक, सरकारले जवाफ दिनुपर्छ : डा. भीम रावल

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जानकारी नदिईकन नेपाली भूभागमा प्रवेश गर्न लागेकोमा एमाले नेता तथा पूर्वमन्त्री डा. भीम रावलले कडा आपत्ति जनाएका छन् । सरकार र प्रधानमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने उनको माग छ ।

भारतीय प्रधानमन्त्री मोदी आजै बिहान हेलिकोप्टर चढेर आदि कैलाश र पार्वती कुण्डको दर्शन गर्न पुगेका छन् । उनको ट्विटर अकाउन्टबाट पार्वती कुण्डमा दर्शन गरेको फोटो पनि सार्वजनिक भएको छ ।

Malpot office dadeldhura

मोदीले नेपालको सिमानाभित्र रहेको गुञ्जिका सात गाउँमा स्थानीय बासिन्दासँग छलफल गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस विषयमा सरकारले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन । स्थानीय प्रशासन पनि बेखबरजस्तै देखिएका छन् । एमाले नेता डा. रावल यो निकै संवेदनशील विषय भएको बताए ।

उनी भन्छन्, ‘लिपुलेक, कालापानी लिम्पियाधुरा नेपालको भूभाग हो । नेपालको नक्सामा नै ती क्षेत्रहरु समेटिएका छन् । त्यहाँ नेपालको जानकारी बेगर भारतीय प्रधानमन्त्रीले भ्रमण गर्नु सामान्य कुरा होइन ।’ नेपाल सरकारले यस विषयमा प्रतिक्रिया दिनुपर्ने रावलले बताए ।

उनी थप्छन्, ‘नेपालका प्रधानमन्त्रीज्यू, परराष्ट्रमन्त्रीज्यू कहाँ हुनुहुन्छ रु नेपाली जनताले सुन्ने गरी उहाँहरुले जवाफ दिनुपर्छ । हामीलाई जानकारी छैन भन्नुजस्तो लाचारी केही हुँदैन ।

भारतको दिल्लीस्थित राजदूतावास के कामका लागि राखेको हो ?’ डा. रावलले यस विषयमा नेपाली राजदूतसँग सोध्न तथा भारतलाई कूटनीतिक नोट दिन सरकारलाई सुझाव दिएका छन् ।

 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...