


दार्चुला- दार्चुलामा नदीमा बगेर बालक बेपत्ता भएका छन्। जिल्लाको चौलानी नदीमा बगेर शैल्यशिखर नगरपालिका–३ सुन्दर पुरका महेश दमाइको ६ वर्षीय छोरा हेमान्सु दमाई बेपत्ता भएका हुन्।


हेमान्सु सोही स्थानको चौलानी नदीमा बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । उनी नदीमा नुहाउने क्रममा सोमबार दिउँसो बगेर बेपत्ता भएका हुन् । इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट प्रहरी टोली खटिएर बेपत्ता बालकको खोजी भइरहेको जनाइएको छ।





