एमाले सुदूरपश्चिममा बन्द सत्र थाती राखेर नेतृत्वमा सहमतिको प्रयास

धनगढी- नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि नेताहरूले सहमतिको प्रयास थालेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएपछि नेताहरु सहमतिको प्रयामा लागेका हुन् । ओली पार्टी महासचिव शंकर पोखरेललाई अधिवेशनको अभिभारा दिएर काठमाडौं फर्किएका थिए । ओली फर्किएपछि महासचिव पोखरेलले सहमतिको वातावरण बनाउन नेताहरुसँग छलफल गरिरहेका छन् ।

धनगढीको रुवस होटलमा बसेका पोखरेलले आइतबार नेताहरुसँग छलफल गर्न थालेपछि आइतबार साँझ बन्द सत्र सुरु हुन सकेन ।‘महासचिव ज्यूले अहिले सुदूरपश्चिमबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्य ज्यूहरुसँग राय सुझाव लिइरहनुभएको छ । सोही कारण आइतबार बन्द सत्र सुरु हुन नसकेको हो,’ एमालेका एक नेताले भने ।

Navadurga sun

ती नेताकाअनुसार पार्टी अध्यक्ष ओलीले काठमाडौं फर्किनुअघि अध्यक्षका तीन जना आकांक्षी र नेताहरुलाई राखेर सहमति गरेर अघि बढ्न निर्देशन दिएका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममासमेत ओलीले सहमति गरेर नेतृत्व चयन गर्न भनेका थिए । अध्यक्षमा आकांक्षा राखेका कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहलाई सँगै राखेरसमेत ओलीले नेतृत्वको निर्देशन पालन गर्न भनेका थिए ।

तीन जना आकांक्षी मध्ये एक जनालाई केन्द्रीय कमिटीमा पठाउने र दुई जनालाई प्रदेश कमिटीको पदाधिकारी हुने गरी व्यवस्थापन गर्न सकिने विकल्पमा छलफल चलिरहेको नेताहरु बताउँछन् । बन्द सत्र आज बिहान ८ बजेदेखि सुरु गर्ने तय गरिएको थियो । तर, नेताहरू सहमतिको प्रयासमा लागेपछि सुरु हुने अनिश्चित भएको छ ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...